" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

...

Rupendra Raj Shakya

Ward President

Other Members

हार्दिक आग्रह

जो जो लप्पा नमस्कार !

आशा छ यस वडाका वडाबासिन्दाहरु स्वास्थ्य र उच्च आत्मासम्मानका साथ हुनुहुन्छ ।

ललितपुर महानगरपालिकाको वडा नं ०६ हितमा तपाईहरुले समर्पित गरेको नेतृत्व र प्रतिबद्धताप्रति म सधै कदर गर्दै अगाडि बढ्ने छु । हाम्रो वडाबासिन्दाहरुको साझा प्रयासमा निस्सन्देह धातु विज्ञान र हस्तशिल्पमा आफ्नो समृद्ध सम्पदाको संरक्षण, प्रवर्द्धन र पालनपोषणमा गर्दै, वडा नं ६ एक सांस्कृतिक र कलात्मक केन्द्रको रूपमा फस्टाएको छ ।

ललितपुर महानगरपालिका वडा नं ०६ को भौगोलिक, आर्थिक, मतदाता संख्या, कुल जनसंख्या, भाषा, यातायात, शिक्षा, स्वास्थ्य, सेवामूलक कार्यक्रमहरु र अन्य जानकारीमूलक तथ्याङ्कहरु यथासम्भव प्रस्तुत गर्ने जमर्को गरेको छौं । यस वेबसाइटमा राखिएको तथ्याङ्कहरूले सम्पूर्ण क्षेत्रलाई विस्तृत रूपमा समेट्न खोजेका छौ जुन आधिकारिक स्रोतहरू र वडा कार्यालयका गतिविधिहरूबाट संकलन गरिएको हो । वडासँग सम्बन्धित विभिन्न जानकारी, सूचना र तथ्याङ्कहरूले सबैलाई लाभ पुग्नेछ भन्ने विश्वास गरेका छौ ।

प्रस्तुत गरिएका कुनै पनि तथ्याङ्कहरु त्रुटिभएमा, छुटेका महत्त्वपूर्ण जानकारीहरूबारे सही जानकारी दिन र सुधारको लागि आफ्नो सुझाव र प्रतिक्रिया पठाउन सबै वडावासीहरूलाई हार्दिक अनुरोध गर्दछौं ।

वडाबासिन्दाहरुको सोचमा उत्कृष्ट नेतृत्व चयनमा बिश्वास गरि, वडा बासिन्दाहरूको सकारात्मक प्रभावले गर्दा म र सम्पूर्ण वडाका जनप्रतिनिधि हृदयदेखि नै धन्यवाद ब्यक्त गर्दछौ । तपाईहरुको साथ र वडाको दृष्टिले यस वडा नं ६ लाई समृद्ध भविष्यतर्फ पकैपनि डोर्‍याउने छ ।

धन्यवाद !
रुपेन्द्र शाक्य
वडा नं ०६

  •   News And Notice

वार्ड प्रोफाइलिङ तथ्याङ्कको संरचना

हाम्रो ग्यालेरी