" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

हाम्रो बारेमा

धार्मिक सांस्कृतिक एवं ऐतिहासिक, मन्दिरै मन्दिरको रुपमा परिचित ललितपुर नगर नेपाल उपत्यकाको प्राचीन तथा महत्वपूर्ण ३ नगरहरु मध्ये सर्व प्राचीन नगर हो। काठमाडौं उपत्यकाको प्रशिद्ध तीन सहरहरु मध्ये ललितपुर सबैभन्दा पुरानो शहर मानिन्छ । जसमा प्रचीन समयदेखि नै बस्ती बसिसकेको र एउटा केन्द्रको रुपमा विकास भइसकेको कुरामा दुईमत छैन । मध्यकालको बौद्ध धर्म र संस्कृतिको केन्द्रको रुपमा रहेको यस नगरलाई City Of Fine Arts को नामले चिनिन सफल भएको हो । यस नगरको ललितपूर महानगरपालिका नेपालको जेष्ठ नगरपालिकालाई विभिन्न २९ वटा वडाहरुमा विभाजन गरिएको छ l ललितपुर महानगरपालिकाको २९ वडा मध्ये वडा नं. ५ धार्मिक र साँस्कृत हिसाबले धनी छ l यहाँको श्री महालक्ष्मी देवीको मन्दिर एक शक्तिपीठको रुपमा देशैभरी प्रख्यात छ जसको देबी भवानी र लक्ष्मीको दुबै रुपमा पुजा गरिन्छ l यस्तै यहाँ सानो दक्षिणकालीको मन्दिर, लोकेश्वर मन्दिर जग्गनाथ शिवालय मन्दिर, कुमारी पाटी गणेश मन्दिर, कैलाश बस्तीको गणेश मन्दिर, सुर्यविनायक गणेश मन्दिर र कुमारी देबी मन्दिर रहेका छन् l  

यसरी नै महालक्ष्मी स्थान, थसिखेल, रिजाल बस्ती, सुन्दर टोल, कैलाश टोल, ढुङ्गाना टोल, कैलाश बस्ती, दक्षिणकाली, ए.भि.एम.चोक, नारायण भवन चोक, कुमारीपाटी, हरित पार्क, सिद्घि विनायक चोक, लोकेश्वर, जगनाथ मनिदर, उत्तर बगैचा टोल आदी टोलहरु पर्दछन् । 

यस वडाको कार्यालय लगनखेल स्थित आफ्रनै भवनमा रहेको छ । यस वडामा बहु जातीय वर्गका जाती बसोबास गरेका छन । जिविकोपार्जनको लागि यस वडाका बासिन्दाहरुले ब्यापार, कृषि, हस्तकला, नोकरी र अन्य पेशाहरु अपनाएका छन् । यहाँको तापक्रम सरदर अधिकतम ३२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहने गर्दछ । यस वडाको उत्तरमा वडा नं. १९  दक्षिणमा १४, पूर्वमा  १५ र पश्चिममा ४  रहेका छन् ।