" ललितपुरको समृद्धि र विकासको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार "

हाम्रो बारेमा

ललितपुर महानगरपालिका वडा नम्बर १९ लाई ललितपुरमहानगरपालिकाको सुन्दर बस्ती भएको वडाको रुपमा लिईन्छ । यहाँअगनिशाला अनन्त काल देखि अग्नी प्रज्वलित हुने मन्दिर भनेर चिनिन्छ,जसलाई नेपाल अधिराज्यका नेवार समुदायहरु र अन्य जातिहरुले पूजागर्छन् । यो ललितपुर महानगरपालिकाको वडा नं १९ को कार्यालय भवनसंगै २० मिटरको दुरीमा थाबुमा टोलमा अवस्थित छ । यस मन्दिर करिबछ सय वर्ष भन्दा पुरानो छ रहेको छ भने १५ औ शताब्दी ईस्वीमाराजकुमार धर्म मल्ल द्वारा जीर्णोद्धारको रेकर्ड इतिहास रहेको कुरा यहाँकावडा वासिन्दाहरुले बताउँछन् । यसरी नै यहाँ मछिन्द्र बाहल जुन मछिन्द्रनाथको मन्दिर रहेको छ र मछिन्द्रनाथको रथ जात्रा यहाँकाबासिन्दाहरुको प्रमूख जात्रा मध्य एक हो । ललितपुर महानगरपालिकावडा नं १९ मा अवस्थित मछिन्द्र बहल एक ऐतिहासिक बौद्ध विहार रआंगन हो । यस क्षेत्रको सांस्कृतिक र धार्मिक महत्व बोकेको छ । वर्षा रअन्नको देवतालाई समर्पित सुन्दर तीन तहको प्यागोडा शैलीकोमच्छिन्द्रनाथको मन्दिर प्रांगण मच्छिन्द्र बाहल १६ औं शताब्दीको हो रराजा सिद्धि नरसिंह मल्लको शासनकालमा निर्माण भएको मानिन्छ । योललितपुरको जीवन्त परम्पराको अनुभव गर्न चाहने स्थानीय र पर्यटकदुवैलाई आकर्षित गर्ने, पूजा गर्ने, सांस्कृतिक गतिविधिहरू र सामुदायिकभेला हुने ठाउँको रूपमा परिचित छ । पर्यटनको दृष्ट्रिकोणबाट यहाँकोतिच्छु गल्ली परापूर्व काल देखि तामा, पित्तल ट ढलोटको सरसामानकोव्यापार लागी प्रख्यात रहेको छ भने यहाँको मिठाई उपत्यकाकोबासिन्दाहरुले निकैनै मन पराउँछन् । अन्तत, यस वडा समृद्ध सम्पदा रजीवन्त संस्कृतिको उदाहरणीय परिचय हो ।