
Rajendra Maharjan
Ward President
हार्दिक आग्रह
ज्वजलपा नमस्कार !
“जनताको सेवा गरौ”
सर्वप्रथम हामी वडाका प्रतिनिधिहरु वडाबासीहरुले गरेको समर्थन, मार्गदर्शनको र नेतृव चयनमा दृढतापूर्वक आभार ब्यक्त गर्न चाहान्छौ । हामी वडा नं १९ का जनप्रतिनिधिहरु र वडाका बासिन्दाहरु नङ र मासु जस्तै एक अर्काको परिपुरक हौं । हामी हाम्रा वडा बासीहरुको सेवामा सधै तत्परता देखाउदै सबैको साझा प्रयासमाबाट अघि बढ्ने परिवार हौं । यद्यपि म आशा गर्छु कि हामीले गरेको काम सबैको लागि न्यायचित हुनेछ ।
ललितपुर महानगरपालिका अन्तर्गत पर्ने वडा नम्बर १९ पाटनको पुरानो बाक्लो बस्तीमा पर्दछ । यस वडाको पूर्वमा वडा नं १२, पश्चिममा वडा नं २०, उत्तरमा वडा नं १६ र दक्षिणमा वडा नं ५ छिमेकी वडाहरु छन् । विश्वको एकमात्रै प्रसिद्ध अग्निशाला मन्दिर जुन बिगत ४ हजार वर्ष देखि निरन्तर रुपमा पवित्र अग्नि प्रजोलन भेईरहने पबित्र भूमिको आडमा यस वडा कार्यालय रहेको छ ।
हाम्रा वडाबासीहरु पूर्ण रूपमा जागरूप छन् र हामी वडाबासीहरुको विश्वासलाई पुन जागृत गर्दै कुनै पनि समस्या, ठुलो होस् वा सानो, जुनसुकै परिस्थितिमा पनि परास्त गर्न तत्पर छौ, र दृढतापूर्वक आफ्नो कार्यगर्न प्रतिबद्ध छौ ।
ललितपुर महानगरपालिका वडा नं १९ को हरेक क्षेत्र बिशेषगरि हाम्रो संस्कृति र सम्पदा, स्वास्थ्य र क्षिक्षा, पूर्वाधार र मर्मत, नागरिको सुरक्षा, महिला तथा बालबालिका, पृौढ अवस्थामा रहेका वृद्धहरुको स्वास्थ्व र सामाजिक भत्ता र अन्य सेवाहरुलाई जोड दिदै आएका छौ । यसैले हामीले गरेको सेवा प्रति कुनै पनि त्रुटिभएमा, सही जानकारी दिन र सुधारको लागि आफ्नो सुझाव र प्रतिक्रिया पठाउन सबै वडावासीहरूलाई हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद !
राजेन्द्र महर्जन
वडा नं १९